फुटबल महासंग्राम – Page 3 – Nepal Press
फुटबल महासंग्राम

मेस्सीको असिस्टमा अर्जेन्टिनाको तेस्रो गोल

दोहा। विश्वकप फुटबलको अहिले भइरहेको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध ३–० गोलको अग्रता लिएको छ। ६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए। त्यसअघि मेस्सीले ३४ र अल्भारेजले ३९ औं मिनेटमा गोल गरेका थिए।