विश्वकपः पहिलो हाफमा फ्रान्स इङल्यान्डविरुद्ध १–० ले अघि – Nepal Press

विश्वकपः पहिलो हाफमा फ्रान्स इङल्यान्डविरुद्ध १–० ले अघि

काठमाडौं । अउरेलिन चोआमेनीको गोलमा साविक विजेता फ्रान्सले कतारमा जारि फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत इङल्यान्डविरुद्धको खेलमा पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ ।
अल बायट रंगशालामा जारी खेलको १७औं मिनेटमा टुआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

इङल्यान्डले केहि अवसर पाएपनि फिनिसिङमा चुक्दा बराबरी गोल फर्काउन सकेन ।

यो खेलको विजेताले सेमिफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *