फुटेको जसपामा अध्यक्ष अशोक र महासचिव इस्तियाक राई, यस्तो छ प्रस्तावित कार्यसमिति – Nepal Press

फुटेको जसपामा अध्यक्ष अशोक र महासचिव इस्तियाक राई, यस्तो छ प्रस्तावित कार्यसमिति

काठमाडौं । जसपा नेपालबाट विभाजित भएको समूहले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निवेदनमा नयाँ दलको अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राईलाई प्रस्तावित गरिएको स्रोतले बतायो ।

पुराना कम्युनिष्ट नेता अशोक जसपामा वरिष्ठ नेताको हैसियतमा थिए । उनी एमालेका पूर्वनेता हुन् । उनलाई गत आमनिर्वाचनमा एमालेले सहयोग गरेर जिताएको थियो ।

इस्तियाक राई पूर्वमन्त्री हुन् । उनी गत निर्वाचनमा बाँके २ मा पराजित भएका थिए ।

नयाँ पार्टीको नाम जसपा प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ता भइसकेको छैन ।

पार्टीमा एक सहअध्यक्ष र चार उपाध्यक्ष प्रस्तावित छन् । सहअध्यक्षमा रेणु कुमारी यादव छिन् भने उपाध्यक्षहरुमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेका छन् ।

यस्तै प्रदीप यादवलाई एपमहासचिवमा प्रस्ताव गरिएको छ भने दीपक कार्की र रञ्जु कुमार सचिव छन् । कोषध्यक्षमा डा. वीरेन्द्र महतो प्रस्तावत गरिएका छन् ।

विवादास्पद छविका नेता आङकाजी शेर्पाले अशोक राईलाई रोजेका छन् । उनी केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।

यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि राईतिरै लागेका छन् । जसपामा पहाडी मुलका धेरै नेताहरुले उपेन्द्र यादवको साथ छोडेको देखिन्छ ।

यस्तो छ प्रस्तावित कार्यसमिति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर