सहकारी प्रकरण- संसदीय छानविन समितिको क्षेत्राधिकारमा छलफल, जुट्ला सहमति ? – Nepal Press

सहकारी प्रकरण- संसदीय छानविन समितिको क्षेत्राधिकारमा छलफल, जुट्ला सहमति ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा आफूहरुले समितिको क्षेत्रधिकार टुंग्याउन प्रधानमन्त्रीलाई भनेको बताएका छन्।
बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री पनि समिति बनाउन तयार भएपछि सत्तारुढ दलका नेताहरुसँग छलफल गरेर कांग्रेसले प्रधानमन्त्रीलाई क्षेत्रधिकार टुंग्याउन भनेका हो।

कांग्रेससँगको वार्तापछि अहिले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरिरहेका छन्। सत्तापक्ष समिति बनाउन तयार भएपछि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन।

प्रधानमन्त्रीको भेटबारे महामन्त्री थापाले भने- सरकारको तर्फबाट समितिको क्षेत्रधिकारको बारेमा तयार पारेको तीन बुँदे प्रधानमन्त्रीले त्यही कुरा दोहोर्याउनुभो। हामीले हाम्रो तीन बुँदा किन आवश्यक छ भन्ने कुरा राख्यौं। त्यसबारे लामो कुरा गर्नुभन्दा पनि सत्तारुढ दलहरुसँग कुरा गर्नुस्। उहाँहरु पनि तयार हो भने हामीलाई बोलाउनुस्, कन्टेनमै कुरा गरौं, दुई पक्षकै समझदारी हुन्छ भने आज साँझसम्ममा समितिको क्षेत्राधिकार टुंग्याऔं। त्यो टुंगिएपछि बाँकी कुरा टुंगिहाल्यो।

सत्तारुढ दलहरुबीच समितिको क्षेत्राधिकारको बिषयमा सहमति भए अब एक्लाएक्लै नभइ सबै दलहरु एकैचोटी छलफलमा बस्नुपर्ने बताए। उनले थपे, सबै बसेर कन्टेनमा कुरा गरौं त्यसो भए भोलि सबैकुरा मिलिहाल्छ। टुंगिएन भने त्यही अवस्था रहन्छ।

संसदीय छानविन समिति गठनबारे कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले यसअघि नै मस्यौदा तयार पारिसकेका छन्। तर, त्यसमा सहमति जुट्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर