मार्तडीमा समीक्षा क्रेज, हरेक गीतमा ‘वान्स मोर’काे वर्षा – Nepal Press

मार्तडीमा समीक्षा क्रेज, हरेक गीतमा ‘वान्स मोर’काे वर्षा

कैलाली । बाजुरा सदरमुकाम मार्तडीमा गायिका समीक्षा अधिकारीले हजारौं दर्शकलाई झुमाएकी छन् । ‘बालापनको उमेर’ गीत गाउँदै स्टेज चढेकी उनले हरेक गीत दोहोर्‍याएर गाउनुपरेको थियो ।

‘बालापनको उमेर’ गीत २ पटकसम्म गाएकी उनले ‘बोक्सीको घर’को गीत ‘बुझिनँ मैले’ गीत डेढ घण्टामा आधा दर्जन पटक गाइन् ।

‘सूर्ती माड्दामाड्दै’, ‘धनगढीको बसमा’, ‘कुरा बुझ्नुपर्छ’ लगायतका जति गीत समीक्षाले गाइन्, सबैमा ‘वान्स मोर’ माथि ‘वान्स मोर’ काे वर्षा भएको थियो ।

बिहानैदेखि मौसम बिग्रिए पनि साँझ अबेरसम्म दर्शक समीक्षाको लागि कुरेका थिए । बेला बेलामा झरी परिरहेको थियो । पानीमा रुझेर पनि उनको प्रस्तुतिमा दर्शक झुमेका थिए । पानी परेर ओसिएको जमिनमा समीक्षाको गीतमा दर्शकले धूलो उडाएका थिए ।

बैशाख २८ गते सुरु भएको बहसमा बार्जु बाजुरा महोत्सव २०८१ मा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै दर्शक रहेको सांस्कृतिक समिति संयोजक राजेशपायल विकले जानकारी दिए ।

जिल्लाको समग्र सांस्कृतिक पक्षलाई महोत्सवले बलियो बनाएको र शनिबारको प्रस्तुतिले थप ऊर्जा मिलेको आयोजक सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष तथा महोत्सव संयोजक हर्क कठायतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर