प्रचण्ड-ओली र रवि लामिछानेको बालुवाटार वार्तामा कांग्रेस शीर्ष नेताहरूको पनि इन्ट्री – Nepal Press

प्रचण्ड-ओली र रवि लामिछानेको बालुवाटार वार्तामा कांग्रेस शीर्ष नेताहरूको पनि इन्ट्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको वार्तामा कांग्रेस नेताहरुको इन्ट्री भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिएका हुन् ।

सत्ता समीकरणका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बेलामा सुरुमा कांग्रेस नेता सिटौला छिरेका छन् । सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेससँग छलफल गरेका थिए ।

सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन । अहिले संसदीय छानबिन समितिको क्षेत्राधिकारको विषयमा छलफल भइरहेको जनाइएको छ ।

कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

बैठक बस्नुअघि एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको छलफल सकारात्मक भएको भन्दै भोलि बिहानसम्म सदनमा देखिएको अवरोध हट्ने विश्वास व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर