लुम्बिनीमा स्थानीय सेवाको गठनसम्बन्धी विधेयक टेवुल गर्ने प्रदेश सरकारको तयारी – Nepal Press

लुम्बिनीमा स्थानीय सेवाको गठनसम्बन्धी विधेयक टेवुल गर्ने प्रदेश सरकारको तयारी

रुपन्देही । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौं बैठक आइतबार बस्ने भएको छ । सभामा सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले आइतबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेवुल गर्ने, प्रदेशसभा सदस्यहरुले विशेष समयमा सम्वोधन गर्ने कार्यसूची रहेको जनाए ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरिसकेको छ । यो विधेयकमा ९ वटा खण्ड छन् ।

यसअघि लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रुपमा जारी भइसकेको छ । स्थानीय सेवा र निजामती कर्मचारी विधेयक सँगसँगै अघि बढ्नुपर्ने भए पनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवाको विधेयक अघि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर