पार्टी नेताहरूलाई ईश्वर पोखरलेको चेतावनी- अधिवेशनमा खेलाडी बन्न नखोज्नू – Nepal Press

पार्टी नेताहरूलाई ईश्वर पोखरलेको चेतावनी- अधिवेशनमा खेलाडी बन्न नखोज्नू

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धामा गएपछि प्राप्त परिणाम स्वीकार नगर्ने छुट कसैलाई नहुने बताएका छन् ।

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले सर्वसम्मत नेतृत्व छनोट नभए प्रतिस्पर्धाबाट गर्न बताए ।

उनले भने, ‘प्रतिस्पर्धामा गएपछि परिणाम स्वीकार गर्नुस् । त्यसपछि नाकनुक नगर्नुस् ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनसङ्गठनको किलाकाँटी कस्नुपर्नेसमेत बताए । नेताहरूलाई अधिवेशनमा रेफ्रीको भूमिका खेल्नुपर्ने बताउँदै उनले भने, ‘नेताहरूले खेलाडी बन्न खोजे खबर गर्नुस् ।’

अन्य पार्टीबाट एमालेमा आउन चाहनेहरुको लहर चलेको भन्दै नेता पोखरेलले अन्यत्रबाट आएकाहरूको अभिलेख राख्दै उचित जिम्मेवारी दिनुपर्ने बताए । अबको एमाले विकास निर्माणको च्याम्पियन बन्नुपर्ने उनको भनाइ छ ।

‘कहाँ बाटो बनाउने, कहाँ खानेपानी ल्याउने, कहाँ ज्येष्ठ नागरिकका लागि भवन बनाउने भन्ने योजना एमालेसँग हुनुपर्छ’, उनले भने, ‘अब एमाले विकासको नेतृत्व गर्ने हुनुपर्छ । हिजोको जेल बसेको कथा हालेर एमाले एमाले हुन सक्दैन । जनताले वर्तमानको योजना ल्याउन नसक्ने एमालेलाई विश्वास गर्दैनन् ।’

जनताको जिन्दगी परिवर्तन हुने कुरा नगरे जनताको पार्टी नहुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर