देउवापत्नी आरजु राणा स्वास्थोपचारका लागि जापानमा – Nepal Press

देउवापत्नी आरजु राणा स्वास्थोपचारका लागि जापानमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा स्वास्थ्योपचारका लागि जापान पुगेकी छन् । उनी एक साताअगाडि जापान गएको निकट स्रोतले बतायो ।

आरजुलाई लामो समयदेखि हिपको ज्वाइन्टमा उत्पन्न समस्याले दु:ख दिइरहेको छ । उनले २०७३ सालमा भारतको अस्पतालमा हिपको शल्यक्रिया गराएकी थिइन् । उक्त शल्यक्रिया राम्रो नभएपछि उनले २०७९ सालमा जापान पुगेर दोस्रोपटक शल्यक्रिया गराइन् । अहिले त्यसैको फलोअपका लागि गएको बुढानिलकण्ठ स्रोतको भनाइ छ ।

आरजुकी आमा डा. प्रतिभा राणा जापानका लागि नेपालको राजदूत थिइन् । आमा राजदूत भएका बेला नै आरजुले जापान पुगेर शल्यक्रिया गराएकी थिइन् । यसै वर्ष उनले भारतको अस्पतालमा थाइराइडको अपरेशन पनि गराएकी छन् ।

आरजु जापानबाट ४-५ दिनमा फर्किने स्रोतको दाबी छ । उनी गत वर्षको असारमा पनि स्वास्थ्य फलोअपका लागि भन्दै जापान गएकी थिइन् ।


प्रतिक्रिया

4 thoughts on “देउवापत्नी आरजु राणा स्वास्थोपचारका लागि जापानमा

  1. दाजु ६-६ पटक प्रधानमन्त्री हुने बेला नेपालमा सुबिधायुक्त र दक्ष जनशक्ति यही भैरहेको अस्पतालमा उपलब्ध गराएको भए अहिले यसरी उपचारको नाममा बाहिर जाने अवस्था आउने थिएन । सिघ्र स्वास्थ लाभको कामना 🙏

  2. दाजु पटक पटक प्रधानमन्त्री हुने बेला नेपालमा सुबिधायुक्त र दक्ष जनशक्ति यही भैरहेको अस्पतालमा उपलब्ध गराएको भए अहिले यसरी उपचारको नाममा बाहिर जाने अवस्था आउने थिएन । सिघ्र स्वास्थ लाभको कामना 🙏

  3. नेताहरू ले देश संबृध्द बनाएनन् अब सबै जसाे नेताहरू कामै छैन ६०माथिल्लो छिटोभन्दा छिटो परमधाम भएको राम्रो ।राज्यको पूरसंरचना पनि भए न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर