च्याम्पियन्स लिगले जिरोनाको उदय – Nepal Press

च्याम्पियन्स लिगले जिरोनाको उदय

काठमाडौं । स्पेनिस ला लिगामा यो सिजन सबैलाई आश्चार्यचकित पार्दै जिरोनाले च्याम्पियनस लिगमा पहिलो पटक स्थान बनाएको छ ।

यो सिजन सुरु हुँदा कसैले आशा नगरेको क्लब जिरोनाले सबैलाई आश्चार्यचकित पार्दै ला लिगामा प्रदर्शनलाई निरन्तरता दिएपछि पहिलो पटक च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको हो ।

शनिबार राती भएको खेलमा ला लिगाको उपाधिमा प्रतिस्पर्धा गरिरहेको बार्सिलोनालाई पराजित गर्दै जिरोनाले च्याम्पियन्स लिगमा मात्र स्थान बनाएन उसले यो पटक बार्सिलोनाको उपाधिमाथिको आशा पनि बन्द गरिदियो ।

बार्सिलोनालाई ४–२ ले पराजित गर्दै शीर्ष चारमा स्थान पक्का गरेसँगै अब अर्को सिजन हुने च्याम्पियन्स लिगमा स्पेनबाट जिरोनाको इन्ट्री सम्भव भएको हो ।

खेलको खेलको तेस्रो मिनेटमा एन्ड्रियास क्रिस्टेन्सेनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि त्यसको एक मिनेट पछिनै जिरोनाका आर्टेम डोभबिकले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को अग्रता दिलाएका थिए ।

दोश्रो हाफमा भने बार्सिलोनामाथि जिरोनाले दबाब कायम गर्न सफल बन्यो ।

खेलको ६५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ६७ औँ मिनेटमा जिरोनाका मिगुएल गुटेरेजले गोल टिमलाई ३–२ को अवस्थामा पुर्याए । र खेलको ७५औं मिनेटमा पोर्टुले व्यक्तिगत दोस्रो गोल गरेपछि जिरोनाले ४–२ को सानदार जित निकाल्यो। जितपछि जिरोनाले शिर्ष ४ मा रहने पक्का गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर