गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन बीसीसीआई इच्छुक – Nepal Press

गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन बीसीसीआई इच्छुक

काठमाडौं । भारतीय क्रिकेट टोलीका पुर्वकप्तान गौतम गम्भीरलाई मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) इच्छुक देखिएको छ । राहुल द्रविडको कार्यकाल सकिन लाग्दा बीसीसीआईले नयाँ प्रशिक्षकको रुपमा गौतम गम्भीरलाई लिन इच्छा देखाएको क्रिकइन्फोले लेखेको छ ।

बीसीसीआईले केहि दिन अघि मात्र मुख्य प्रशिक्षकका लागि आवेदन खुलेको थियो । मुख्य प्रशिक्षकको आवेदन दिने समय मे २७ सम्म तोकिएको छ । जुन २६ मा आइपिएलको फाइनल हो ।

गम्भीर अहिले कोलकाता नाइट राइडर्सका मेन्टरको रुपमा छन् । कोलकाता अंकतालिकाको शीर्ष स्थानमा छन् ।

उनले आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आइपिएलको उपाधि जिताएका थिए । आइपिएलको २०२२ र २०२३ मा गम्भीरले लखनउ सुपर जायन्ट्सका मेन्टरको रुपमा काम गरेका थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।

भारतले २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी टीमको महत्वपूर्ण सदस्य थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर