हार्दिक पान्ड्यले आईपीएलको अर्को सिजनको पहिलो खेल गुमाउने – Nepal Press

हार्दिक पान्ड्यले आईपीएलको अर्को सिजनको पहिलो खेल गुमाउने

काठमाडौं ।  मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्याले इन्डियन प्रिमियर लिग आईपीएलको अर्को सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

जारी सिजनमा तेस्रो स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो गरेपछि) का कारण हार्दिकलाई एक खेलको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एक खेलको प्रतिबन्ध लगाएको हो । गएराति लखनउ सुपर जाइन्ट्स विरुद्धको खेलमा हार्दिकले तेस्रो स्लो ओभर रेट गरेका थिए ।

साथै हार्दिकलाई ३० लाख भारतीय रुपैयाँ जरिवानासमेत गराइएको छ । यो सिजनमा मुम्बईको खेल सकिएको हुनाले हार्दिकले अर्को सिजनको पहिलो खेल गुमाउनेछ ।

हार्दिकले कप्तानी गरेको मुम्बई यो सिजनको आईपीएलमा ४ जित र १० हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । यो सिजनमा रोहित शर्मालाई ह्टाएर मुम्बईले कप्तानीको जिम्मेवारी हार्दिकलाई दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर