साउदी प्रो लिगमा रोनाल्डोको ह्याट्रिक – Nepal Press

साउदी प्रो लिगमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि साउदी प्रो लिगमा अल नासरले सानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा रोनाल्डोको ह्याट्रिकको मद्धतले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो ।

खेल सुरु भएको पाँचौ मिनेटमा नै रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए । १२औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

खेलको १८औं मिनेटमा ओटाभियोले गोल गरेपछि अल नासरले खेलमा ३–० ले अघि बढ्यो । ४५औं मिनेटमा साडियो मानेको गोल गरेपछि पहिलो हाफमा अल नासार ४–० को अग्रतामा कायम रहन सफल भएको थियो ।

खेलको ५२औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा अल नासरले ५–० कोको अग्रता कायम गर्न सफल बन्यो । खेलको छैठौँ गोल ८८औं मिनेटमा सम्भव बन्यो । अल नासारको लागि  मोहमद अल फाटिलले गोल गर्दै टिमलाई ६–० को सानदार जित दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर