मुख्य न्यायाधीश निरौलाले ‘हेर्न नमिल्ने’ भन्दै पन्छाए सन्दीपको मुद्दा – Nepal Press

मुख्य न्यायाधीश निरौलाले ‘हेर्न नमिल्ने’ भन्दै पन्छाए सन्दीपको मुद्दा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क थिएनन् ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । सामान्यतया झझी आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ । स्रोतका अनुसार कम्प्युटर सिष्टममा नै हेर्न नमिल्ने सूचीमा परिसकेपछि मुख्य न्यायाधीश निरौलालाई मुद्दा पन्छाउन सजिलो भयो ।

यद्यपि मुख्य न्यायाधीश निरौलाले हेर्न चाहेको भए उनलाई कुनै कानुनी रोकावट भने थिएन ।


प्रतिक्रिया

One thought on “मुख्य न्यायाधीश निरौलाले ‘हेर्न नमिल्ने’ भन्दै पन्छाए सन्दीपको मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *