कार दुर्घटना अपडेट : दुईजनाको मृत्यु – Nepal Press

कार दुर्घटना अपडेट : दुईजनाको मृत्यु

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिकाको कान्तिराजपथ सडकमा कार दुर्घटना हुँदा घाइते भएका मध्ये उपचारको क्रममा दुईजनाको मृत्यु भएको छ ।

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्ड अन्तरगत बकैया – १२ ठिङ्गनमा दुर्घटनामा परेको हो । ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनमा घाइते तीनजना मध्ये बारा रौतहट मौलापुर नगरपलिकका ६ बस्ने १७ वर्षका विवेक शाह, भिमफेदी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ६५ वर्षका प्रेम बहादुर ब्लोनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका कार चालक निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षको सन्दिप शाहको हेटौंडाको सहकारी अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *