सन्दीपको मुद्दा नृपध्वज र दुर्गाको इजलासमा, पहिलो नम्बरमै पालो – Nepal Press

सन्दीपको मुद्दा नृपध्वज र दुर्गाको इजलासमा, पहिलो नम्बरमै पालो

झझीको आदेश आफैंले दिएको बहानामा मुख्य न्यायाधीशले मुद्दा पन्छाउन सक्ने आशंका

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । उच्चका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले मुद्दाको सुनवाइ गर्ने छन् ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क छैनन् ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । अदालती अभ्यासमा झझी आदेश दिएका न्यायाधीशले स्वार्थ बाझ्ने भन्दै सो मुद्दामा सुनवाइ कमै गरेको पाइन्छ । यद्यपि, निरौला आफैं मुख्य न्यायाधीश भएको हिसाबले उनी जिम्मेवारीबाट भाग्न नहुने सन्दीपका एक कानून व्यवसायीले बताए ।

सन्दीपका लागि आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी-२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन ।


प्रतिक्रिया

One thought on “सन्दीपको मुद्दा नृपध्वज र दुर्गाको इजलासमा, पहिलो नम्बरमै पालो

  1. यो मुद्दा तुरुन्त जे आदेश दिनुपर्ने हो न्यायोचित होस् दुवै उमेर पुगेका केटाकेटी होटलमा सुतेका हुन अन्य आरोप तिग्डम पनि हुनसक्छ सन्जीवलाई आवश्यक न्याय होस् र २६ गौशाला आर्थिक भरणपोषण गर्नुपर्ने भए पनि विश्वकप 20,20 मा भागलिजे अवसर मिलोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *