जलवायु अभियानकर्मीको विरोध हुँदा म्युनिक विमानस्थल अवरुद्ध – Nepal Press

जलवायु अभियानकर्मीको विरोध हुँदा म्युनिक विमानस्थल अवरुद्ध

काठमाडौं । जर्मनीको म्युनिक सहरमा जलवायु परिवर्तनका बारेमा सचेतना गराउने अभियानकर्मीहरुको प्रदर्शनीका कारणले विमानस्थल अवरुद्ध भएको छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार शनिबार एकाबिहानै यस्तो घटना भएको हो । जलवायु नीतिको विरोध गरिरहेका जर्मनीका लास्ट जेनेरेसन मोभमेन्ट अर्थात अन्तिम पुस्ता आन्दोनलले विमानस्थल अवरुद्ध गरेको हो ।

विमानस्थलका प्रवक्ताले अभियानकर्मीहरुले ट्याक्सी वे बन्द गरेकाले सुरक्षाको कारणले विमानस्थल अवरुद्ध भएको बताएका छन् । विमानस्थल अवरुद्ध भएपछि कतिपय उडान रद्ध त कतिप उडानहरु डाइभर्ट गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *