उपाधि होडमा एक कदम अघि बढ्यो आर्सनल – Nepal Press

उपाधि होडमा एक कदम अघि बढ्यो आर्सनल

हेटौंडा । इङ्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ । लिग लिडर आर्सनलले बर्नमाउथलाई ३-० गोलले पराजित गरेको हो ।

शनिबार साँझ भएको खेलमा जीतपछि आर्सनल लिगको उपाधिको थप नजिक पुगेको छ । आज भएको खेलको ४५औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अग्रता लिएको आर्सनललाई दोस्रो गोल गर्न खेलको ७०औ मिनेटसम्म कुर्न पर्‍यो । ७०औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयको सातौं मिनेटमा डि राइसले गोल गर्दै आर्सनलको जीत सुनिश्चित गरे ।

जीतपछि ३६ खेल खेलेर पहिलाे स्थानमा रहेकाे आर्सनलको ८३ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलबाट ७९ अंक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर