सन्दीपको सफाईपछि चितवन क्रिकेट संघले दियो उच्च अदालतलाई धन्यवाद – Nepal Press

सन्दीपको सफाईपछि चितवन क्रिकेट संघले दियो उच्च अदालतलाई धन्यवाद

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाई दिएपछि जिल्ला क्रिकेट संघ चितवनले उच्च अदालत पाटनलाई धन्यवाद दिएको छ । संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उच्च अदालत पाटनलाई आभार प्रकट गरेको हो ।

संघले सन्दीपको खेल जीवनको उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेको छ । सन्दीपले चितवनबाट आफ्नो क्रिकेट खेल जीवन सुरु गरेका हुन् ।

सन्दीपलाई बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर