सदन सौहार्दपूर्ण अघि नबढे अध्यादेशको बाटाेबाट अघि बढ्नुपर्ने अवस्था आउँछ: सभामुख घिमिरे – Nepal Press

सदन सौहार्दपूर्ण अघि नबढे अध्यादेशको बाटाेबाट अघि बढ्नुपर्ने अवस्था आउँछ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमत राख्ने थलो बन्धक हुन नसक्ने बताएका छन् ।

नेपाल पत्रकार महांसघको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले छलफलबाट निष्कर्षमा पुग्नुको विकल्प नभएको बताए ।

उनले भने, ‘अहिले संसद बन्धक बनिरहेको छ, जनताका प्रतिनिधिहरुले जनताको अभिमत राखेर निर्णय गर्ने ठाउँ आज अवरुद्ध छ । संसद यसरी रोकिएर बस्न सक्दैन र हुँदैन पनि । यसले निर्णय लिनैपर्छ । निर्णय लिन सबैको साथ सहयोग पनि चाहिन्छ ।’

सभामुख घिमिरेले अहिले उत्पन्न मागहरु र त्यसलाई कसरी निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा सौहार्दपूर्ण ढंगबाट छलफल गरेर निकासमा पुग्नुपर्नेमा जोड दिए ।

उनले थपे, ‘संसदका गतिविधि अगाडि बढ्न सकेन भने हामीले गर्नैपर्ने थुप्रै कामहरु त्यसमा पनि निकट आइरहेको बजेट पारित गर्ने कुरा, अहिले सरकारकै बहुमत छ कि छैन भन्ने कुराको प्रश्न उठिरहेको बेलामा ७ गते बहुमत देखाउँछु भनेको छ । यस्तो बेलामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ ? निश्चय पनि त्यतिबेला संसदलाई अन्त्य गरेर अध्यादेशको बाटाबाट कतिपय परिस्थिति खोल्नुपर्ने अवस्था आउँछ । अहिलेकै अवस्थामा हामीले त्यो बाटोमा गयौं भने हामीले प्रजातन्त्रलाई कसरी उपयोग गर्ने ?’


प्रतिक्रिया

One thought on “सदन सौहार्दपूर्ण अघि नबढे अध्यादेशको बाटाेबाट अघि बढ्नुपर्ने अवस्था आउँछ: सभामुख घिमिरे

  1. के पि को प्रबक्ता, मालिक ले जे भन्यो त्यही भोले त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर