उतारचढाव भइरहेका छन्, जति पटक विश्वासको मत लिनुपरे पनि पाउँछु: प्रधानमन्त्री (भिडि‍ओ) – Nepal Press

उतारचढाव भइरहेका छन्, जति पटक विश्वासको मत लिनुपरे पनि पाउँछु: प्रधानमन्त्री (भिडि‍ओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीति कहालीलाग्दो नभए पनि उतारचढाव भइरहेको बताएका छन् ।

‘जनयुद्धका चिठी’ र ‘कालिकोट स्मारिका’ विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारको ध्यान नीति तथा कार्यक्रम पारित गराएर बजेट ल्याउनेतर्फ केन्द्रित रहेको बताए ।

उनले भने, ‘अहिलेको परिस्थिति अलि कहालीलाग्दो हो कि भन्ने कुरा आउन खोज्यो । तर, मलाई त्यस्तो लागेको छैन । उतारचढाव त पक्कै छन् । अहिले सरकारको ध्यान नीति कार्यक्रमलाई पारित गर्नु र संविधानको व्यवस्था गर्न बजेटको तयारीमा छ । नीति तथा कार्यक्रममा आएको विषयलाई बजेटमा सम्बोधन गर्न मैले सानो टीम खटाएको छु । भोलिसम्म त्यसलाई टुंग्याउँछौं ।’

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको जानकारी गराउँदै पाउनेमा विश्वस्त रहेको बताए ।

उनले भने, ‘मैले ७ गते विश्वासको मत लिने भनेर संसद सचिवालयमा पत्र पठाएको छु, एक जना कांग्रेसको नेताले यसरी नै जाँदा १२-१३ पटक लिनुपर्ने हुन्छ भन्दै हुनुहुन्थ्यो अघिल्लो पटक । अहिले चौथो पटक लिँदैछु, यो पाँचौं, छैटौं हुँदै जाने देखिन्छ । तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ । कहिले बढ्छ कहिले घट्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर