यही ढंगले अघि बढे तीन/चार वटा प्रधानमन्त्री फेरिन्छन्: शेखर कोइराला (भिडि‍ओ) – Nepal Press

यही ढंगले अघि बढे तीन/चार वटा प्रधानमन्त्री फेरिन्छन्: शेखर कोइराला (भिडि‍ओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक अवस्थामा अस्थिर हुँदै गएकाले भोलि के हुन्छ भन्न सक्ने अवस्था नरहेको बताएका छन्।

पार्टी निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै यही ढंगबाट अघि बढे अझै तीनचार वटा प्रधानमन्त्री फेरिनसक्ने आँकलन गरे।

उनले भने, राजनीतिक अस्थिर भइरहेको छ, भोलि के हुन्छ भन्ने कसैले भन्न सक्ने अवस्था छैन। राजनीतिक दलहरुमा को प्रधानमन्त्री हुने भन्नेमै सीमित भइरहेको छ, के को लागि प्रधानमन्त्री बन्ने ? गर्ने के ?प्रचण्डजीलाई सोधे पनि भन्नसक्ने अवस्था छैन। उहाँलाई अहिले अफ्ठ्यारो छ ७ गते विश्वासको मत लिँदै हुनुहुन्छ कति चोटी विश्वासको मत लिने ?प्रधानमन्त्री त उहाँ नै हुनुहुन्छ। तीन चोटी भइसक्यो अझै यही तरिकाले अगाडि बढे तीनचार वटा सरकार फेरिन्छ। त्यसैले हामीले राजनीतिक स्थात्यिव दिन सक्नुपर्छ।

उनले देशको स्थायित्वका लागि निर्वाचन प्रणाली बाधक भएको बताए।

उनले भने, दुई ठूला दल एकठाउँमा उभिनुपर्छ। तर, देश निरंकुतारित जान्छ कि भन्ने डर छ। किन सरकार परिवर्तन गर्ने भन्दा संविधानमा केही परिवर्तन गर्नको लागि हो। होइन भने हामी त्यसका लागि जानु पर्दैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर