सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल,ओलीमाथि धनराज गुरुङको अभद्र व्यवहार (भिडिओ) – Nepal Press

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल,ओलीमाथि धनराज गुरुङको अभद्र व्यवहार (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा धकेलाधकेल भएको छ ।

कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।

सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका छन् । ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरु पनि धकेलाकेलमा उत्रिएका हुन् ।

गृहमन्त्री रवि लामिछानेलाई कांग्रेस सांसदहरुले रोष्टमतर्फ जान रोकपछि एमाले अध्यक्ष केपी शर्माले उनलाई अघि बढ्न इसारा गर्दै उठेका थिए । त्यसक्रममा कांग्रेसका धनराज गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्र व्यवहार गरेका थिए ।

गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि हात हालाहाल भएको हो ।

सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै नाराबाजी गर्दै वेल घेराउ गर्दै आइरहेको छ ।

कांग्रेसको नाराबाजीबीच सभामुखले राष्ट्रपतिबाट प्राप्त भएको पत्र पढेर सुनाएका थिए ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले निरन्तर प्रयास गरेपनि सहमति जुट्न नसकेको हो ।

 


प्रतिक्रिया

4 thoughts on “सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल,ओलीमाथि धनराज गुरुङको अभद्र व्यवहार (भिडिओ)

  1. धनराज गुरूङ चोर डाका, हत्यारा जेलबाट छुटाउनेको नाईके हो । सरकबाट हटनु परेकाले लुटन बन्द भयो अनि रिसाएको छ । रेशम चौधरी छुटाउनेक‍ो नाईके ।

  2. संसदको मियो सभामुखले नै संसदको मर्यादा नराखेपछि सबै माननीयहरूको मर्यादा स्पष्टै देखिन्छ नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर