जसपा सरकारमै छ रहन्छ, चोइटिएर गएका साथीहरुले आफ्नै राजनीति हत्या गरे : मनिष सुमन (भिडिओ) – Nepal Press

जसपा सरकारमै छ रहन्छ, चोइटिएर गएका साथीहरुले आफ्नै राजनीति हत्या गरे : मनिष सुमन (भिडिओ)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनिष सुमनले पार्टी विभाजन नभएको र केहि साथी चोइटिएर गएको बताएका छन् ।

उनले फुटेर गएकाहरु आफ्नै राजनीतिक हत्या गरेको पनि बताए । उनले भने, ‘केही दिन छापा माध्यममा समाचार बन्ला । तर नयाँ पार्टीको सदस्यता लिनेहरु केही दिनपछि नेपाली राजनीतिबाट विलिन हुन्छ ।’

संघीय सरकारमा रहने/नरहने जिज्ञासामा उनले भने, ’हामी सरकारमा छौं । रहिरहने छौं ।’ उनले अध्यक्ष उपेन्द्र यादव जी अमेरिकाबाट आएपछि मात्र बैठक बस्ने र आवश्यक छलफल गर्ने पनि बताए ।

१२ सांसदमध्ये ७ सांसद लिएर अशोक राई नयाँ पार्टी बनाउनु भो । तपाईंहरु त अल्पमतमा पर्नुभो नि भन्ने जिज्ञासामा उनले भने, ‘सांसद मात्रको पार्टी हुंदैन् । नेता र कार्यकर्ता पंक्तिको पार्टी हुन्छ । सिंगो नेता र कार्यकर्ता हामीसँगै छन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर