मलेसिया सुपर कपः रुबिना र पूजा उत्कृष्ट, सीता सर्वोत्कृष्ट खेलाडी – Nepal Press

मलेसिया सुपर कपः रुबिना र पूजा उत्कृष्ट, सीता सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । मलेसियामा भएको मलेसिया सुपर वुमन्स कपमा नेपाली महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । अप्रिल २४ देखि आजसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका हुन् ।

प्रतियोगितामा सीता रानामगर सम्मेलित वेष्टर्न वन्डरले उपाधि जितेको छ । कविता कुँवर सम्मेलित साउथर्न जगुआर्सलाई ५ रनले पराजित गर्दै वेष्टर्न वन्डरले उपाधि जितेको हो ।

प्रतियोगिता सीता सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले प्रतियोगिताभर १ सय ५० रन र ८ विकेट लिइन् । नेपालकै रुविना क्षेत्री उत्कृष्ट ब्याटर र पूजा महत्तो उत्कृष्ट बलर चुनिए ।

पूजाले प्रतियोगिताभर ९ विकेट लिएकी थिइन् । उक्त कपमा राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले खेलेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर