सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल, आज निस्केला हल ? – Nepal Press

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल, आज निस्केला हल ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।

परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बतायो ।

टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ । अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषदले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेका थिए ।

खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ । आजका ठोस प्रगति हुनसक्ने दाबी पनि गरिएका छ ।

विश्वकप खेल्ने टिमले २५ मेसम्म आफ्नो स्क्वाड घोषणा र हेरफेर गर्न सक्छन् । यद्यपि, टीमलाई आवश्यक पर्दा जुनसुकै बेला पनि आईसीसीको अनुमति लिएर खेलाडी परिवर्तन गर्न सकिन्छ ।

आईसीसीले सन्दीपलाई स्क्वाडमा समेट्न अनुमति दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर