विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेश अमेरिकासँग लगातार दोस्रोपटक पराजित – Nepal Press

विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेश अमेरिकासँग लगातार दोस्रोपटक पराजित

काठमाडौं । अमेरिकासँगको ३ खेलको टी-२० सिरिजमा बंगलादेशले लगातार दोस्रो हार बेहोरेको छ ।

गए राति भएको खेलमा बंगलादेश अमेरिकासँग ६ रनले पराजित भएको हो । पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । योसँगै अमेरिका एक खेल अगावै टी-२० सिरिज आफ्नो पक्षमा पारेको छ ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा १३८ रनमा समेटियो । बंगलादेशलाई सस्तोमा समेट्न अमेरिकाका अलि खानले ३ विकेट लिएका थिए । बंगलादेशका कप्तान नज्मुल हसन सान्टोले सर्वाधिक ३६ रन जोडे ।

त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । अमेरिकाका कप्तान मोनांक पटेलले सर्वाधिक ४२ रन जोडेका थिए ।

जुन १ बाट सुरु हुने विश्वकपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *