नेपालसँग हारेको खेलमा खेलेका ६ खेलाडी सम्मिलित वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो – Nepal Press

नेपालसँग हारेको खेलमा खेलेका ६ खेलाडी सम्मिलित वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । टी-२० विश्वकपको तयारीमा रहेको वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हराएको छ । घरेलु मैदान किङ्सटनमा भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई २८ रनले निराश बनायो ।

१७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले एक बल बाँकी रहँदा सबै विकेट गुमाएर १४७ रन जोडेको थियो । हालै नेपाल भ्रमणका क्रममा हारेका खेलमा उत्रिएका ६ खेलाडी वेस्ट इन्डिजको टोलीमा थिए ।

जोनसन चार्ल्स,रोस्टन चेज, आन्द्रे फ्लेचर, ओबेड म्याकोए, गुनकेस मोटी र म्याथ्यु फोर्डले दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । नेपाल भ्रमणका क्रममा वेस्ट इन्डिज एले नेपालसँग हारेका दुई खेलमा यी ६ जनै खेलाडी टोलीमा थिए ।

पाँच खेलको शृंखलाको पहिलो र अन्तिम खेलमा वेस्ट इन्डिज एले नेपालसँग हारेको थियो । नेपालविरुद्ध जितेका खेलमा टोलीमा रहेका फाबियान आलेनले पनि दक्षिण अफ्रिकाविरुख खेलेका थिए ।

दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान ब्रेन्डन किङले ७९, कायल मेयर्सले ३४ र रोस्टन चेजले ३२ रन जोडेका थिए । दक्षिण अफ्रिकालाई अलआउट गर्न घरेलु टोलीका फोर्ड र मोटीले ३÷३ तथा म्याकोएले २ विकेट हात पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *