मोटरसाइकल दुर्घटनामा रूपन्देहीमा दुई युवाको मृत्यु – Nepal Press

मोटरसाइकल दुर्घटनामा रूपन्देहीमा दुई युवाको मृत्यु

रूपन्देही । मोटरसाइकल दुर्घटनामा रुपन्देहीमा दुई युवाको मृत्यु भएको छ । गएराती भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराती तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय बिवेक डुम्रेको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका वडा नं ६ का बासिन्दा डुम्रेले चलाएको लु ३१ प १६४२ नम्वरको मोटरसाइकल गएराती अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ स्थित जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ वर्षीय गोबिन्द अर्यालको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ -२००२ प २०३६ नम्वरको मोटरसाइकल राती अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

मोटरसाइकल पल्टिँदा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगिएकोमा राती उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर