सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको माग – Nepal Press

सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको माग

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले माग गरेको छ ।

सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको दिनको म्याद थप्न माग गरेकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो । आज पुनः ५ दिनको म्याद थप्नका लागि आग्रह गरिएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।

उनलाई झण्डै तीन घण्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको छ ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहिया पक्राउ परेका उनको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ता आज बहस गर्ने बुझिएको छ ।


प्रतिक्रिया

One thought on “सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर