सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी, महामन्त्री शर्मा भन्छन्- विपक्षी गठबन्धनमा कुरा उठ्यो – Nepal Press

सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी, महामन्त्री शर्मा भन्छन्- विपक्षी गठबन्धनमा कुरा उठ्यो

‘सभामुखलाई हटाउन नसकिएला तर महाअभियोग लगाएर केही समय रोक्न त सकिन्छ नि, सभामुख लाञ्छित त हुनुपर्ला नि !’

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ । पार्टीभित्र र विपक्षी दलहरुको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् ।

शर्माले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘सभामुखले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हाम्रोबीचमा महाअभियोगको बारेमा पनि कुरा उठेको हो । सभामुखको जे भूमिका छ, महाअभियोगको प्रस्ताव दर्ता गरौं न । हटाउन नसकिएला तर रोक्न त सकिन्छ नि केही समय । लाञ्छित त हुनुपर्ला नि ! त्यो सम्मको पनि कुरा भएको छ हामीबीच । हामी त्यसमा पुगिहालेका छैनौं । तर, यो खालको अवस्था प्रतिपक्षी दलहरूबीच उठ्नु भनेको कतिसम्मको अवस्था हो त ।’

सभामुखको भूमिका सत्तापक्षको सहयोगी भएको भन्दै विपक्षी गठबन्धनमा यसबारे छलफल भएको शर्माले बताएका छन् । विश्वासको मत लिने बेला सभामुखले नारबाजीबीच सदनको कारबाही अघि बढाएपछि कांग्रेस आक्रोशित छ ।


प्रतिक्रिया

5 thoughts on “सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी, महामन्त्री शर्मा भन्छन्- विपक्षी गठबन्धनमा कुरा उठ्यो

    1. गगन र यो पत्रु नेतामा गिरे । यिनलाई रविले झापण हानृर राजनीतिबाट रिङ आउट गरिदिईसके ।

  1. यी शिरोहियाका ढोकेे दासहरू । उसैले दिएको खाओ र भजन गाओ ।

    1. Tomi Muji KPko Hali Ra Rabiko Daas Ho Ta Eutamatrai Ho Nepalma Ringout Garne Timro Comment Herda Lagchha Timi Kp Ra Rabiko Daas Hou Yo Kura Bujh Deshka Netaharu R Party Timiharujasta Jholeko Laagi Matra Hun Haami Jasta Sadharan Manishko Lagi Hoinan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर