आईपीएल फाइनल प्रवेशको लागि सनराइजर र राजस्थान भिड्ने – Nepal Press

आईपीएल फाइनल प्रवेशको लागि सनराइजर र राजस्थान भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलं) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदरवादले खेल्दै छ्न् ।

खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ। राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो। हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो।

आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ म्याच भएको छ। जसमा हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ।

आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *