ह्युस्टन हरिकेन्सविरूद्ध नेपालकाे साँघुराे जित, सुपर ओेभरकाे अभ्यासमा पनि विजयी – Nepal Press

ह्युस्टन हरिकेन्सविरूद्ध नेपालकाे साँघुराे जित, सुपर ओेभरकाे अभ्यासमा पनि विजयी

काठमाडौं । ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा ओभरमा ६ रनले विजयी भएको छ । गएराती भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।

उक्त खेल लगत्तै भएको सुपर ओभरमा समेत नेपाल विजयी भएको छ । सुपर ओभरमा पहिला ब्याटिङ गरेको ह्युस्टन हरिकेन्सले १५ रन जोड्यो । जवाफी ब्याटिङमा नेपालले २ बल बाकी छदै लक्ष्य भेट्टायो । नेपालका कुशल मल्लले पहिलो र दोस्रो बलमा लगातार छक्का र चौथो बलमा चौका प्रहार गर्दै नेपाललाई जिततर्फ दोहोर्‍याए ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्सले ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । हरिकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामी र करण केसीले २-२ विकेट, रोहित पौडेल, अभिनाश बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १/१ विकेट लिए।

प्रेरी भ्यू कम्पलेक्स ह्युस्टनमा पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका अनिल कुमार साहले सर्वाधिक ४७ रन बनाएका थिए । बलिङमा हरिकेन्सका उस्मान शिनवारीले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *