सिटी प्रिमियर लिगको उपाधि नजिक – Nepal Press

सिटी प्रिमियर लिगको उपाधि नजिक

काठमाडौं । स्टार फरवार्ड एरलिङ हालान्ड एक्लेलै चार गोल गरेपछि इंलिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लगातार चौथों पटक लिगको उपाधि नजिक पुगेको छ ।

शनिबार राती भएको खेलमा उल्भ्सलाई ५–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै सिटीले लगातार चौथो पटक उपाधि जित्ने सम्भावना थप मजबुत बनाएको छ ।

खेलको १२ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गगर्दै सिटीलाई अग्रता दिएका थिए । उनले ३५ औँ र पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै पहिलो हाफमा ह्याट्रिक पुरा गर्दै टिमलाई ३–० को अवस्थामा पुर्‍याएका थिए ।

दोश्रो हाफमा थप २ गोल गरेपछि सिटीले विशाल जित निकालेको हो । दोश्रो हाफमा उल्भ्सका ह्वांग हिचानले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर ५४औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गरे । ८५औं मिनेटमा जुलियन अल्भारेजले सिटीको पाँचौं गोल गरेपछि सिटिले शानदार जित दर्ता गर्न सफल बन्यो ।

जितसँगै ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर