भोजपुर एमाले चुनाव : पूर्वमन्त्री कृपाशुरलाई गाउँपालिका अध्यक्ष किरणले हराए – Nepal Press

भोजपुर एमाले चुनाव : पूर्वमन्त्री कृपाशुरलाई गाउँपालिका अध्यक्ष किरणले हराए

काठमाडौं । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वको लागि भएको चुनावमा दुई रोचक परिणाम देखिएको छ । जित ‘निश्चित’ भनिएका बहालवाला अध्यक्ष शरणकुमार राईलाई उनीभन्दा राजनीतिकरूपमा  कनिष्ठ मकर खड्काले ९२ भोटले पराजित गरे ।

मक्करले ३१५ भोट ल्याउँदा शरण २२३ मा रोकिए ।

अध्यक्षमा हेभिवेटले युवासँग चुनाव हारेकोमात्रै चर्चा भयो । तर, यस्तै घटना उपाध्यक्षमा पनि देखिएको छ । भोजपुरको साविक क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य जितेका कृपाशुर शेर्पा पनि कनिष्टसँग पराजित भए ।

२०७२ जेठमा तत्कालीन सुशील कोइराला क्याविनेटमा उनी पर्यटनमन्त्रीसमेत भएका छन् । उनलाई पौवादुङ्‍मा गाउँपालिकाका अध्यक्ष किरण राईले हराए । किरण जिल्ला कमिटी सचिव थिए । कृपाशुरको २०८ मत आउँदा किरणले ३२० भोट ल्याए । दुईजनाबीचको मतान्तर ११२ रहेको छ ।

उनले दुईपटक गाउँपालिकाको अध्यक्ष जितिसकेका छन् । स्थानीय चुनावी मोर्चामा काबिल देखिएका किरण पार्टी राजनीतिमा पनि उत्तिकै अब्बल देखिएको चर्चा बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर