कांग्रेसले नमानेपनि नीति तथा कार्यक्रम सदनबाट पारित गराएर समयमै बजेट ल्याउँछौं : ओली – Nepal Press

कांग्रेसले नमानेपनि नीति तथा कार्यक्रम सदनबाट पारित गराएर समयमै बजेट ल्याउँछौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् ।

एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले मानेपनि नमानेपनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने बताए ।

उनले भने, ‘कांग्रेसले सरकारबाट बाहिरिनुपर्दाको पीडा पोखेर कराइरहेको छ, अब समय थोरै छ, आज ४ गते भयो १५ गतेभित्र नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्नुछ । त्यसकारण कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद त चलाउँछौं, नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनै पर्छ, देशलाई नै ठप्प पार्ने अनि कांग्रेसले यसलाई बोल्न दिन्छु भन्दा दिने दिन्न भन्दा नदिने हुन्छ ? कांग्रेसले जेजे भन्यो त्यही मान्दिनुपर्ने ?’

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति आक्रोश पोखे ।

उनले थपे, ‘आरोप लगाउँछ संसदमा बोल्छु भन्दा बोल्न दिँदैन । हामी संसद चलाउँछौं उसले संसद चाहिँदैन भन्ला रे हामी मान्छौं त ? कांग्रेसले ओलीले संसद विघटन गर्ने ठाउँमा पुर्यायो भनेर बेइमानी कुरा गरिरहेका छन् ।’

 


प्रतिक्रिया

One thought on “कांग्रेसले नमानेपनि नीति तथा कार्यक्रम सदनबाट पारित गराएर समयमै बजेट ल्याउँछौं : ओली

  1. सिआईए र मोदीका दलालले भरिएको काँग्रेस भयो । देशको लागि अफाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर