कोशी सरकारको शक्ति सन्तुलन मिलाउन बाँकी छ: मुख्यमन्त्री कार्की – Nepal Press

कोशी सरकारको शक्ति सन्तुलन मिलाउन बाँकी छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी सरकारमा अझै शक्ति सन्तुलन मिलाउन बाँकी रहेको बताएका छन् ।

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार विस्तार भए पनि अझै मिलाउनुपर्ने अवस्था रहेको बताए ।

सरकार अहिले बजेट बनाउने तयारीमा रहेको बताउँदै उनले यसअघि बजेट बनाउने क्रममा बिग्रिएकाले सच्याउने उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘अहिले बजेटको आकार घटेको छ । बजेटको आकार घटे पनि प्रदेशको आवश्यकताअनुसार बजेट, नीति तथा कार्यक्रम आउनेछ ।’

उनले जनपक्षीय बजेट ल्याउन सरकार लागेको भन्दै यो सरकारले प्रदेशलाई जनताले छुनसक्ने र विश्वास गर्न सक्ने बनाउने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर