ओलीले पुस्ताको समृद्धिको लागि नेतृत्व गर्दै हुनुहुन्छ: महेश बर्तौला – Nepal Press

ओलीले पुस्ताको समृद्धिको लागि नेतृत्व गर्दै हुनुहुन्छ: महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले एमाले मिसन ८४ बाट आफ्नो नेतृत्वमा एकल सरकार निर्माण गर्ने अभियानमा रहेको बताएका छन् ।

‘राजनीतिमा युवा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले अघि सारेको मिसन ८४ युवाहरुको लागि भएको बताए ।

उनले भने, ‘२०८४ मा एमालेको एकल बहुमतको सरकार निर्माण गर्न मिसन ८४ को अभियानमा छौं । जनताको अभिमत एमालेलाई दिन आग्रह गर्दै अगाडि बढेका छौं । यो युवाहरुको लागि हो । कमरेड केपी ओलीहरु हाम्रो पुस्ताको समृद्धिका लागि रथको नेतृत्व गर्दै हुनुहुन्छ । केपी ओलीले अब मैले सकिनँ भनेर छाड्नुभयो भने देश १५ वर्ष तलवितल हुन्छ । कमरेड प्रचण्डहरुले सकिनँ भन्नुभयो भने ५-७ वर्ष होला । तर, यो देशका युवाहरुले अल्छी गरे भने २-४ वर्षमात्रै बिग्रिने होइन, ५० औं वर्ष बिग्रिन्छ ।’

उनले पार्टीको काममा क्रियाशील भएर आवश्यक परेको बेलामा दृढतापूर्वक लाग्न युवाहरुलाई आग्रहसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर