राप्रपाले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने – Nepal Press

राप्रपाले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपानिकट युवा संगठनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् । आन्दोलनको नयाँ प्रारुप बनाउने जिम्मा आन्दोलन परिचालन समितिलाई दिइएको उनले बताए ।

वैशाख १८ र १९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको कार्यक्रमलाई पारित गर्ने र सार्वजनिक गर्ने लिङदेनको भनाइ छ ।

उनले यसअघि पार्टीले गरेको आन्दोलनमा राज्यले बर्बर दमन गरेको भन्दै सरकारप्रति निरन्तर विरोध जनाइराख्ने उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर