कपिलवस्तु मालपोतका सुब्बा घुस रकमसहित पक्राउ – Nepal Press

कपिलवस्तु मालपोतका सुब्बा घुस रकमसहित पक्राउ

रुपन्देही । सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयको टोलीले घुस रकमसहित उनलाई पक्राउ गरेको हो ।

खनाललाई ३० हजार नगद घुससहित सोमबार पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बा जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घुस लिँदैगर्दा पक्राउ परेका हुन् ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेले खनाललाई पक्राउ गरी अनुसन्धान थालिएको जनाएका छन् । अख्तियार टोलीले उनलाई बुटवलस्थित कार्यालय लिएर अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *