इङ्लिस प्रिमियर लिगको छिनोफानो आज हुँदै – Nepal Press

इङ्लिस प्रिमियर लिगको छिनोफानो आज हुँदै

हेटौँडा । विश्वको सर्वाधिक लोकप्रिय फुटबल लिगको रूपमा रहेको इङ्लिस प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ ।

आज नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि लिगका खेल हुँदै छन् । यो पटक उपाधि होडमा दुई टिम छन् । लगातार चार पटल लिग जितेर कीर्तिमान बनाउने उद्देश्य सहित म्यानचेस्टर सिटिले वेस्टह्याम्पको सामना गर्दा आर्सनलले एभर्टनको सामना गर्ने छ ।

लिग जित्न सिटीलाई स्पष्ट जित भए पुग्छ तर आर्सनललाई भने आफूले जितेर मात्र पुग्दैन सिटिले हार्नु या बराबरी गर्नुपर्ने हुन्छ । यसो हुँदा आर्सनलले लिग जित्ने छ । आर्सनल र सिटी दुवै टिमले हारेको अवस्थामा पनि लिग सिटिले जित्नेछ ।

दुवै टिम बराबरी भएको अवस्थामा पनि सिटी च्याम्पियन हुनेछ तर सिटीको बराबरी र आर्सनलको जित भएको अवस्थामा लिग गोल अन्तरको आधारमा आर्सनलले उचाल्नेछ ।

आजको खेलको नतिजाले प्रिमियर लिगबाट अर्को सिजन च्याम्पियन्स लिगमा पुग्ने चार टिममा कुनै असर गर्ने छैन ।

प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्ला च्याम्पियन्स लिगका लागि छनौट भएका छन् ।

त्यस्तै आज टोटनह्याम पराजित भएमा र चेल्सीले आफ्नो खेल जितेमा भने चेल्सी युरोपा लिगका लागि छनौट हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर