माइतीघरमा एकल प्रदर्शनमा उत्रिएका चापागाईँलाई भेटेर मन्त्री सुमनाको यस्तो आश्वासन (भिडिओ) – Nepal Press

माइतीघरमा एकल प्रदर्शनमा उत्रिएका चापागाईँलाई भेटेर मन्त्री सुमनाको यस्तो आश्वासन (भिडिओ)

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छन् ।

५ दिनदेखि विभिन्न मागसहित विरोधमा उत्रिएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँलाई भेट्न उनी माइतीघर मण्डला पुगेकी थिइन् । चापागाईँको मागमा ऐक्यवद्धता जनाउँदै मन्त्री श्रेष्ठले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताइन् ।

उनले भनिन्, ‘अटिजम भएकोमा हामी क्लियर के हुनुपर्छ भने नेपालमा न काउन्सिलरहरुको लागि लाइसेन्सिङ छ, न अटिजम अकुपेसन थेरापी गर्नेको लाइसेन्स छ । जबसम्म लाइसेन्सिङ प्रभिजन आउँदैन, स्कुल खोलेर मात्रै कसले काम गर्छ ? लाइसेन्सिङ हुनुपर्छ भनेर म गम्भीरतापूर्वक लागिसकेको छु ।’

आन्दोलनरत चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गरे । विद्यार्थीको खाजा खर्च १५ रहेकोमा ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने माग आफ्नो रहेको उनले बताए ।

चापागाईँले भने, ‘विद्यार्थीहरूको सिकाइ सामग्री जुन विद्यालयमा छैन, त्यो बजेटमार्फत ग्यारेन्टी गर्नुपर्छ । कुन सरकारले आधारभुत तहको शिक्षा हेर्ने भन्नेकुरामा राज्य बोल्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर