एमाले गौरादह नगर अधिवेशनः मुख्यमन्त्री र मेयरका उम्मेदवारबीच प्रतिस्पर्धा – Nepal Press

एमाले गौरादह नगर अधिवेशनः मुख्यमन्त्री र मेयरका उम्मेदवारबीच प्रतिस्पर्धा

झापा । झापामा नेकपा एमाले गौरादह नगर नेतृत्वको आज चुनाव हुँदैछ । यहाँ कार्यवाहक अध्यक्ष गजेन्द्र घिमिरे, उपसचिव प्रकाश पराजुली र पूर्वअध्यक्ष दुर्गा गौतम आकांक्षी छन् । यादव अधिकारीले भने मनोनयन फिर्ता लिएका छन् ।

गौरादहमा भने नगरभित्रका सबै पार्टी सदस्यलाई प्रतिनिधिको रूपमा मान्यता दिएर नौलो अभ्यास गरिएको छ । निवर्तमान अध्यक्ष मित्रदेव काफ्लेका अनुसार सबै पार्टी सदस्यलाई प्रतिनिधिका रुपमा सहभागी हुन आव्हान गरिएको थियो । त्यसमध्ये १ हजार ३ सय २१ जना प्रतिनिधि र एक सय जना आयोजकले मतदान गर्ने छन् । अधिवेशन हलमा उपस्थित भएका सबै पार्टी सदस्यले मतदान गर्ने काफ्लले जानकारी दिए ।

यहाँ नेतृत्वका लागि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उनका दाइ केन्द्रीय सदस्य दीपक कार्कीले कार्यवाहक अध्यक्ष घिमिरेको नाममा सहमतिको प्रयत्न गरेका थिए । तर, उनले विगतमा प्रभावकारी कान नगरेको भन्दै गौरादहका मेयर छत्रपति सुवेदी पक्षले अस्वीकार गरेका थिए । वर्तमान उपसचिव प्रकाश पराजुलीलाई अध्यक्ष बनाउनुपर्ने सुवेदीको लबिङ छ । सहमति जुट्न नसक्दा नेतृत्वका लागि मतदान नै हुने निश्चित भएको हो ।

सुवेदीले कार्कीद्वयले गौरादहको राजनीतिमा अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएका छन् । अहिले गौरादहमा बजार र गाउँको उम्मेद्वारका रूपमा कित्ता विभाजन गरिएको छ । गौरादहमा निरन्तर साविक गौरादहका नेताले मात्रै नेतृत्व लिने गरेको एक पक्षीय आरोप छ । पराजुली साविक कोहबराका बासिन्दा हुन् । मेयर सुवेदी पनि त्यहीँका हुन् ।

यता निरन्तर कार्की समूहमा रहेर युवा संघ, नगरको नेतृत्व गरिसकेका गौतम भने आफ्नो जित निश्चित भएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर