श्रीमतीको हत्यापछि फरार श्रीमान पक्राउ – Nepal Press

श्रीमतीको हत्यापछि फरार श्रीमान पक्राउ

रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १६ मा श्रीमतीको हत्या गरेर फरार श्रीमान तीन दिनपछि पक्राउ परेका छन् ।

बैशाख २१ गते राति रामग्राम- १६ सबुनीस्थित घरमा जोखन कहाँरले धारिलो हतियार प्रहार गरी श्रीमती ललिताको हत्या गरेका थिए । फरार जोखनलाई प्रहरीले पाल्हिनन्दनबाट आज पक्राउ गरेको हो ।

घाँटी र कोखामा धारिलो हतियार प्रहार गरेर जोखनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जोखनलाई कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

कहाँर दम्पतीबीच विवाद भएपछि ६ महिना अगाडिदेखि श्रीमती भारत नौतुनवास्थित माइतमा बस्दै आएकी थिइन् । ८ वर्षअघि विवाह गरेका कोहाँर दम्पतीका २ छोरा छन् ।

गत बैशाख १७ गते जोखन ससुराली गई आफू सुध्रिने वाचा गरेर श्रीमतीलाई घर लिएर आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर