२ दिन लगाएर खोकनामा गुरुङकाे घरमा चोरी, ६ जना पक्राउ – Nepal Press

२ दिन लगाएर खोकनामा गुरुङकाे घरमा चोरी, ६ जना पक्राउ

काठमाडौं । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोन लगायतका धनमालहरु चोरी गर्ने ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका वडा नं४ गौसरा स्थायी घर भई ललितपुर महानगरपालिका वडा नं १५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापामगर रहेका हुन् ।

कार्यालयबाट खटिएको टोलीले जेठ ३ गते बरामद सामानसहित ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं१६ भैसेपाटीबाट धनलाल थापा मगरलाई र रामेछाप दोरम्बा गाउँपालिका वडा न ४ गौसराबाट कमल थापा मगरलाई पक्राउ  गरेकाे थियाे ।

थप अनुसन्धान गर्दा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ६ बतासे स्थायी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं। ११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ५ शिखरपुर स्थायी घर भई कागेश्वरी मनोहरा नगरपालिका वडा नं- ६ मुलपानी स्थित सुन-चाँदी पसल संचालन गरी बस्ने अन्दाजी ४१ को रेशम बिकलाई पक्राउ गरी बरामद सामानहरुसहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए ।

चोरी भएकामध्ये आइफोन मोबाइल किनबेच गर्ने टोखा नगरपालिका वडा नं। ३ स्थायीघर भई न्यूरोड ताम्राकार कम्पलेक्स स्थित सेलफोन रेस्क्यु सेन्टरका संचालक ४१ वर्षीय योगेश डाँगी र सप्तरी सुरुगा नगरपालिका –२ स्थायी घर भई कलंकी बस्ने २२ वर्षीय मोहम्मद समिर समेत पक्राउ परेका छन् । थप अनुसन्धान कार्य भइरहेको छ ।

बरामद भएका सामानहरुको विवरणः-

सुन जस्तो देखिने पहेलो धातुको सिक्रि थान-१
रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने धातु थान-१
बिभिन्न रंगका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको रानीहार थान-२
बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान-५ बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान -४ बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान -४
रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान-१ रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान-१
रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-१
सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान-३
सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-२
सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान-२
सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान-४
सुन जस्तो देखिने पहेलो धातुको टप थान-२
सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान-२
चाँदी जस्तो देखिने पातलो पत्ता थान- ३
बिभिन्न दरका नेपाली नोटहरु गरी जम्मा नेपाली रुपैया २४,४२०
REDMI कम्पनिको REDMI 12 स्क्रिन टच मोबाईल थान-१


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *