सुनसरीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार – Nepal Press

सुनसरीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका ६ मा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार भएको छ ।

लागुऔषध ब्यूरो कोटेश्वर र सुनसरी प्रहरीको टोलीले लागुऔषध कारोबार भइरहेको अवस्थामा नियन्त्रणमा लिने क्रममा एक जनामाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेको नाम खुलेको छैन । गोली प्रहारबाट उनी घाइते भएका छन् । उनको घुँडामुनि गोली लागेको छ । केही दिन अघि पनि सुनसरीमै लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *