सुर्खेतमा गोली हानी ज्यान लिने प्रयास गरेको आरोप लागेका गिरी भक्तपुरबाट पक्राउ – Nepal Press

सुर्खेतमा गोली हानी ज्यान लिने प्रयास गरेको आरोप लागेका गिरी भक्तपुरबाट पक्राउ

काठमाडौं। सुर्खेतमा गोली हानी ज्यान लिने प्रयास गरेको आरोप लागेका एक जनाभक्तपुरबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुर्खेतको वीरेन्द्रनगर-१ स्थायी घर भएका ३३ वर्षीय सन्तोष गिरीलाई पक्राउ गरेको हो ।

उनलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । गत फागुन १२ गते राती वीरेन्द्रनगर-१ मा स्थानीय विनोद गिरीमाथि गोली प्रहार भएको थियो ।

गिरी यसअघि सुर्खेतमा विभिन्न ४ वटा कसुर खेपेका व्यक्ती हुन् । उनीविरुद्ध ज्यान मार्ने उद्योग, शरीर बन्धक, अभद्र व्यवहार, संगठित अपराधलगायत आरोपमा मुद्दा चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *