तस्करीको सुन पचाउन लुटिएको नाटक, बाँधिएको अवस्थामा नालीबाट उद्धार गरिएका व्यक्ति प्रहरी नियन्त्रणमा – Nepal Press

तस्करीको सुन पचाउन लुटिएको नाटक, बाँधिएको अवस्थामा नालीबाट उद्धार गरिएका व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडाैं । झापाका एक व्यक्तिले तस्करी गरी ल्याएको सुन पचाउन आफू लुटपाटमा परेको नाटक गरेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाको विर्तामोड नगरपालिका बस्दै आएका ३८ वर्षीय सुर्यबहादुर समाल मगरमाथी अनुसन्धान गर्नेक्रममा उक्त तथ्य फेला परेको जनाएको छ ।

समाललाई बुधबार बिहान ९ बजे ललितपुरको गोदावारी–६ को सडक किनारको नालीमा हातखुट्टा बाँधिएको र सामान्य चोट लागेको अवस्थामा स्थानीयले उद्धार गरी अस्पताल पुर्याइएका थिए ।

उनले आफ्नो हातखुट्टा बाँधेर सुन लुटेको बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्राविधिक अनुसन्धानमा बेग्लै तथ्य फेला परेपछि समालमाथी प्रहरीले शंका गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार बिहान कतारबाट काठमाडौं फर्किएका समालले दिउँसो १ बजे सौर्य एयरलाइन्समार्फत घर पुगेर तस्करीको सुन लुकाएका थिए । त्यसै साँझ काठमाडौं फर्किएका उनले लुटिएको नाटक गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

प्रहरीले झापा प्रहरीको समन्वयमा समालको घरबाट ५० ग्राम सुनको ब्रासलेट, २० ग्रामको बेरुवा औँठीलगायत बरामद गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *