टी‌ओआर बनाउन बसेको कार्यदलको बैठकमा कांग्रेसका २ नेता मिसिए – Nepal Press
सहकारी प्रकरण

टी‌ओआर बनाउन बसेको कार्यदलको बैठकमा कांग्रेसका २ नेता मिसिए

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठकमा कांग्रेसका २ नेता मिसिएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सांसद ज्ञानेन्द्रबहादुर कार्की पुगेका हुन् ।

विपक्षी मोर्चाको बैठकलगत्तै लेखक र कार्की सिंहदरबार पुगेका थिए । विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको छ । तर, जवाफ चित्तबुझ्दो नभए र टीओआर अध्ययन गरेर मात्र बाँकी कामकारबाही अघि बढ्न दिने लेखकले जानकारी दिएका छन् । छानबिन समिति गठनका लागि सत्ता पक्ष सहमत भए पनि क्षेत्राधिकारको विषय पेचिलो बनेको छ ।

टीओआरमा सहमति नजुटेसम्म सदन नचलाउन विपक्षी मोर्चाले आग्रह गरेपछि बैठक अनिश्चित बनेको छ ।

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर