जसपा मधेश संसदीय दलको बैठकमा ३ जना अनुपस्थित, निगरानीमा राखिने – Nepal Press

जसपा मधेश संसदीय दलको बैठकमा ३ जना अनुपस्थित, निगरानीमा राखिने

१६ सांसद उपस्थित, पार्टी विभाजनको भर्त्सना

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि मधेश प्रदेशमा संसदीय दलको बैठक बसेको छ । उक्त बैठकमा तीनजना सांसद अनुपस्थित भएका छन् ।

यस प्रदेशमा जसपाका १९ सांसद छन् । दलको बैठकमा सांसदहरू सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह नआएका हुन् ।

पार्टी विभाजनपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल गर्न दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवले संसदीय दलको बैठक डाकेका थिए ।

बैठकमा पार्टी फोड्न षड्यन्त्र गर्नेविरुद्व भर्त्सना गरिएको एक सांसदले बताए ।

उनले भने, ‘पार्टी फुटाउनेविरुद्ध हामी सबै सांसद एकढिक्का छौं । तीनजना माननीय काम विशेषले बैठकमा आउन सक्नु भएन ।’ उनले सबै सांसद संस्थान पक्षमै रहने निर्णय गरेको पनि जिकिर गरे ।

अनुपस्थित तीनैजना सांसदको गतिविधि शंकास्पद रहेको विषयमा पनि बैठकमा छलफल भएको स्रोतको भनाइ छ । बैठकले अनुपस्थित उनीहरूलाई निगरानीमा राख्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर